आरती रावलले रत्नपार्कमा किन गरिन् विष सेवनको प्रयास ?

आरती रावलले रत्नपार्कमा किन गरिन् विष सेवनको प्रयास ?


ग्लोब नेपाल
324
Shares

काठमाडौं । रत्नपार्कस्थित शान्ति बाटिकाबाट नगर प्रहरीले बाहिर निकालेपछि न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावलले विष सेवनको प्रयास गरेकी छन् । नगर प्रहरीले तत्काल हस्तक्षेप गरेर उनलाई रोकेको थियाे ।

रावलले २४ दिनदेखि शान्ति बाटिकामा अनशन बस्दै आइरहेकी थिइन् । आफूलाई न्यायाधीश पतिले वैवाहिक बलात्कार गरेको भन्दै उनी कानूनी तथा सडक संघर्षमा छिन् । श्रीमानलाई थुनामा राखेर मुद्दा चलाउनुपर्ने मागसहित उनले अनशन सुरु गरेकी हुन् ।

नगर प्रहरीले बुधबार बिहानै शान्ति बाटिकामा अनशन र धर्नामा बसेकाहरूलाई लखेटेको थियो । त्यस क्रममा अरूसँगै आरती रावल पनि निकालिइन् ।

प्रहरीले सामान निकाल्न प्रयास गर्दा आरतीले आफूसँग रहेको विषको बोतल घुर्क्याउने प्रयास गरिन् । तर, प्रहरीले उनको हातबाट बोतल खोस्यो । त्यसपछि उनका सामानहरू बाहिर निकालेर मिल्काइदिएका थिए । आरतीको हातमा लगाएको स्लाइन खुस्किएको थियो ।