चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त

चन्द्रागिरी हिल्सको सीइओमा अरुण प्रधान नियुक्त



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको प्रमुखमा अरुण प्रधान नियुक्त भएका छन् ।

कम्पनीले प्रधानलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) तथा महाप्रबन्धक पदमा नियुक्त गरेको हो ।

सञ्चालक समितिको माघ २४ गते बसेको बैठकले प्रधानलाई आजदेखि लागू हुनेगरी सीइओ नियुक्त गरेको हो ।