उपत्यकामा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि

उपत्यकामा ‘अफ्रिकन स्वाइन फिभर’ संक्रमण पुष्टि


ग्लोब नेपाल
81
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाले ‘अफ्रिकन स्वाइन फिभर’ देखिएको भन्दै सचेत रहन आग्रह गरेको छ । आज बिहीबार एक सूचना जारी गर्दै महानगरले ‘लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाडौंको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर पुष्टि भएको’ जानकारी दिएको छ ।

‘ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न स्थानमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउ आग्रह गरिएको छ । महानगरले भनेको छ, ‘रोग फैलिन नदिन देहायका उपाय अवलम्बन गर्न हुन पशु सेवा शाखा हार्दिक अनुरोध गर्दछ ।’

– महानगरले किसानलाई फर्ममा जैविक सुरक्षाका विधि अवलम्बन गर्न पनि आग्रह गरेको छ । यस्तै बङ्गुर पालिएको खोर र फार्म परिसरमा नियमित सरसफाइ गरी चुना, ब्लिचिङ पाउडर फर्मालिन लगायत उपाय प्रयोग गर्ने ।

– महानगर पशु शाखाले रोगको शंका लागेका पशुलाई स्थानबाट छुट्टाएर अलग्ग राख्ने, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्ने तथा जलाउनुपर्ने । घरपालुवा सुँगुर र बङ्गुरलाई जंगली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी संक्रमित मासु र दाना ओसारपसार नगर्ने ।

– अनिवार्य स्वास्थ्य प्रमाणपत्र लिएरमात्र स्वस्थ सुँगुर, बङ्गुर वा मासु ओसारपसार गर्ने । होटल, रेस्टुरेन्टबाट फालिएका खानेकुरा नखुवाउने । दानाबाहेक अन्य आहारा खुवाउनुपरे राम्ररी पकाएर मात्र खुवाउने ।