रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाद्वारा १६ प्रतिशत बोनस शेयर स्वीकृत

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभाद्वारा १६ प्रतिशत बोनस शेयर स्वीकृत



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड माघ २९ गते कम्पनीको सातौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।

कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सभाले नियमित एजेण्डाहरु सञ्चालक समितिको चौथो वार्षिक प्रतिवेदन, आ.व. २०७९/०८० को सहायक कम्पनी रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेण्ट क्यापिटल लिमिटेडसहितको एकिकृत वित्तीय विवरणहरु, लेखापरीक्षकको नियूक्तीका साथ शेयरधनीहरुलाई १६ प्रतिशत वोनस शेयर र ०.८४ प्रतिशत नगद लाभांश पारित, सो अनुरुप पूँजी वृद्धि गर्ने र प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने साधारण तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।

वार्षिक साधारण सभावाट कम्पनीमा पहिलो पटक सर्वसाधारण शेयरधनीहरुको तर्फवाट सञ्चालकमा डा. भिष्म कार्की र दिवेश लोहनी निर्विरोध निर्वाचित भएका छन् ।

यसै वर्ष सर्वसाधारणमा प्रिमियममा शेयर जारी गरेको कम्पनीको कम्पनीको चुक्ता पुँजी रु. ४ अर्ब ६४ करोड पुरा भएको छ ।