३० दशमलव ५६ अंकले घट्याे शेयर बजार

३० दशमलव ५६ अंकले घट्याे शेयर बजार



काठमाडौं । हिजो १५ अंकले बढेको शेयर बजार आज उच्च अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३० दशमलव ५६ अंकले घटेर दुई हजार ७० दशमलव ५९ विन्दुमा झरेको छ ।

आज सबै समूहको शेयर घटेकोमा बीमा, विकास बैंक, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज गुराँस लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन बोटलर्स नेपाल, समाज लघुवित्त र सुपर माई हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

आज एक करोड २१ लाख कित्ता शेयर चार अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।