नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यसहितको इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा

नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यसहितको इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा



काठमाडौं । नेपालको व्यावसायिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने उद्देश्यका साथ स्थापना भएको इकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ। मेक इन नेपाल इनिसिएटिभलाई सहयोग गर्दै स्थानीय प्रतिभा र उद्योगहरुलाई सबलीकरणमा योगदान गर्ने प्रतिबद्धतासहित कम्पनीले आज बिहीवारदेखि व्यावसायिक सेवा सञ्चालनको सुरुवात गरेको हो।

डिजिटल साहुजीको कर्पोरेट कार्यालय काठमाडौंको दरबारमार्गस्थित मायालु कम्प्लेक्समा रहेको छ। डिजिटल साहुजी नेपालमा विगत १७ वर्षयता क्वालिटी आईटी प्रडक्ट डेलिभरीका लागि लोकप्रिय रहेको स्काई टेक प्राइभेट लिमिटेडको भगिनी कम्पनीका रुपमा रहेको छ ।

कलाकार तथा निर्देशक दीपाश्री निरौलाको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन भएको हो ।

डिजिटल साहुजीले व्यवसाय सञ्चालन गरिरहेका व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैँ व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने लक्ष्य राखेको छ। यसअनुसार कम्पनीले व्यवसाय गरिरहेकालाई उनीहरुको व्यवसाय डिजिटलाइजेसन गर्न र सहजै धेरै ग्राहकसम्म पुग्न मद्दत गर्ने, पसल तथा व्यवसायको चुस्त व्यवस्थापन गर्ने जनाएको छ। यसबाहेक उनीहरुको व्यवसायलाई सम्भावित जोखिमबाट सुरक्षित राख्ने र कम्पनीको समर्पित टिमबाट आवश्यक पर्दा तत्काल सहयोग गर्नेछ । कम्पनीले व्यापक ग्राहकमाझ पुग्ने प्रतिबद्धतासहित अनलाइन शपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवैखाले ग्राहकलाई सेवा दिने जनाएको छ।

डिजिटल साहुजी औपचारिक रुपमै विविध ग्राहकमाझ सञ्चालनमा आएको जानकारी गराउँदै कम्पनीका संस्थापक तथा सिईओ राजन न्यौपानेले भने, ‘हामी तपाईंको सपना पूरा गर्न आएका छौं। आईटी प्रडक्ट्सका लागि एउटा विश्वासिलो र सुरक्षित इकमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो। हामी पसल सञ्चालक, विद्यार्थी र सूचना प्रविधिबारे उत्सुकहरुमाझ तपाईंको ढोकामै हामी आधिकारिक प्रडक्टहरु डेलिभरी सेवा उपलब्ध गराउनेछौँ। हाम्रो भिजन भनेको हरेक व्यक्तिका लागि आईटी शपिङलाई सहज र पहुँचयोग्य बनाउने मात्र नभई उहाँहरुको शपिङ, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पुऱ्याउने पनि हो ।’

डिजिटल साहुजीले अथेन्टिक प्रडक्ट डेलिभरी गर्नेदेखि भरपर्दो व्यावसायिक सेवा उपलब्ध गराउने उनले बताए । उनका अनुसार डिजिटल साहुजीले ग्राहक, खुद्रा बिक्रेता, इम्पोर्टर, विद्यार्थी र युवाहरुको समस्याका लागि उपयुक्त समाधानहरुको वातावरण सिर्जना गर्ने र ग्राहकहरुलाई आफ्नै घरनजिकको डिजिटल साहुजीको डिलरबाट सामान भेरिफाई गरी खरिद गर्न पाउने सुविधा दिनेछ ।’

डिजिटल साहुजीबाट सामान खरिद गर्दा ग्राहकहरुले कस्टुमर सपोर्टको लागि सहज पहुँच, छिटो र सुरक्षित डेलिभरीका साथै नेपालभर जुनसुकै डिजिटल साहुजीका डिलरहरुबाट एक्सचेन्ज र वारेन्टी लिनसक्ने सुविधा पाउनेछन् साथै खुद्रा व्यापारीहरुले डिजिटल साहुजीसँग जोडिएर सानो लगानीबाट नै आफ्नो काम सुरु गर्न सक्नेछन्। डिजिटल साहुजीसँगको सहकार्यमा व्यवसायीहरुले व्यवसाय सुरु गर्दा आवश्यक पर्ने तालिम, मार्गदर्शनका साथै स्वच्छ प्रतिस्पर्धाको अवसर पाउनेछन् ।

कम्पनीको अन्सार, ‘हामीले व्यवसायहरुलाई डिजिटलाइजेसन गराई व्यापार वृद्धि गर्न सहयोग गर्नेछौं। हामी व्यवसायीहरुलाई एक्सचेन्ज एवं इन्स्योरेन्सको पनि सुविधा दिन्छौं । इम्पोर्टरहरुले डिजिटल साहुजीसँगको सहकार्यमा बजारमा भएको बिक्री विवरण तथा बजारमा बढी र कम बिक्री भइरहेको सामानहरुका बारेमा वास्तविक तथ्यांक प्राप्त गर्न सक्छन्। त्यस्तै ग्राहकहरुका वास्तविक प्रतिक्रिया संकलन गरी आफ्नो सामानहरु मागअनुसार बजारमा पठाएर सामान गोदाममै थन्किने, समयमा पेमेन्ट नआउने लगायतका समस्याबाट उनीहरु मुक्त हुनसक्छन् ।’

डिजिटल साहुजीको उद्देश्य नै नेपालका व्यवसायीहरुलाई आफ्नो पूर्ण दक्षता हासिल गराउनु र ग्राहकहरुलाई ग्राहककेन्द्रित, विश्वासिलो र भरपर्दो अनलाइन शपिङको नयाँ अवसर प्रदान गर्नु हो । यसले सामान नपाउनु, एक्सचेन्ज सुविधा नपाउनु, डेलिभरीमा ढिलासुस्तीजस्ता समस्याहरुको समाधान गर्ने कम्पनीको दाबी छ।

थप जानकारीको लागी: https://digitalsahuji.com