यस्तो छ- शिशु चोर्ने महिलाले प्रहरीमा दिएको बयान

यस्तो छ- शिशु चोर्ने महिलाले प्रहरीमा दिएको बयान


ग्लोब नेपाल
2.7k
Shares

काठमाडौं । थापाथलीस्थत प्रसूति गृहबाट शुक्रबार २६ दिनको शिशु चोरी गरेर पक्राउ परेकी दैलेख नौमुलेकी २६ वर्षीया मानकुमारी सिंहले शिशु चोरी गर्नुको कारणबारे प्रहरीलाई प्रारम्भिक बयान दिएकी छन् ।

पटकपटक मेरो बच्चा खेर गयो । हालै मात्र पनि मेरो बच्चा खेर गएको छ । त्यही कारण ब्लिडिङ भइरहेको छ । मेरो श्रीमान नेपाली सेनामा हुनुहुन्छ । उहाँ पोष्टिङ दोलखामा हो । कहिले काहीं बिदामा मात्र आउनुहुन्छ । धेरै प्रयास गर्दा पनि बच्चा नबसेपछि श्रीमान पनि निराश हुनुहुन्छ । म पनि मानसिक रुपमा विछिप्त भइसकें । पछिल्लोपटक बच्चा खेर गएको विषयमा मैले उहाँलाई भनेको छैन । अत्याधिक ब्लिडिङ भएपछि म उपचारका लागि प्रसूति गृह गएकी थिएँ ।

केही दिनदेखि कसैको बच्चा पाए पनि लैजान हुन्थ्यो भन्ने मनमा कुरा खेलिरहेको थियो । अस्पतालमा आमाले छाडेका बच्चाहरु पाइन्छ रे भन्ने सुनेकी थिएँ । कसैको बच्चा लिएर भाग्न पाए पनि हुन्थ्यो भन्ने सोच पनि आउँथ्यो बेलाबेलामा । म अस्पतालको बाहिर उभिएको थिएँ । एक जना बहिनीले मेरो बच्चा केहीबेर समाइदिनुस् न भन्नुभयो ।

उहाँको हातमा फोहोर थियो । उहाँ फोहोर फाल्न भनेर डस्बिन भएतिर गएपछि म बच्चा लिएर बाहिर निस्किएँ । ट्याक्सी चढेर सिधै काँडाघारी डेरामा आएँ । श्रीमानलाई पनि फोन गरेर बच्चा जन्मिएको जानकारी दिएँ । उहाँ खुसी हुनुभयो । काठमाडौं आउँछु भन्नुभएको थियो । राति नै पक्राउ परें । अहिले मलाई गल्ती गरिएछ भन्ने महसुस भएको छ ।
(प्रहरी अधिकारीसँगको कुराकानीमा आधारित)