शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति

शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न अदालतको अनुमति



काठमाडौं । जिल्ला अदालत, काठमाडौंले शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएकाे छ ।

अदालतले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीले जानकारी दिएकाे छ ।

शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले काठमाडौं ल्याएको थियो ।

घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र कुटपिट समेत गरेको भन्दै खतिवडाले जाहेरी दिएका थिए ।

यद्यपि, उनीविरुद्ध अन्य केही व्यक्तिले पनि मौखिक रुपमा थप उजुरी दिएको प्रहरीले बताएकाे छ ।