शहिद परिवार र जनयुद्धका घाइतेले १० लाख रुपैयाँका दरले पाउने

शहिद परिवार र जनयुद्धका घाइतेले १० लाख रुपैयाँका दरले पाउने



काठमाडौं । जनयुद्धका घाइते र शहिद परिवारलाई १० लाख रुपैयाँका दरले बाड्ने फाइल सरकारले अघि बढाएको छ । तत्कालिन अर्थमन्त्री डा. प्रकाशशरण महतले रोकेको उक्त फाइल नयाँ सरकारले अगाडि बढाएको हो । २ हजार ६ सय ७४ शहिदको नाम थप गरेर राजपत्रमा प्रकाशित भएसँगै अब अर्थमन्त्रालयले शहिद परिवार र जनयुद्धका घाइतेलाई १० लाख रुपैयाँका दरले रकम वितरण गर्नेछ ।

माओवादी सशस्त्र युद्ध तथा जनआन्दोलनका घाइते परिवारलाई पनि सहिद परिवारसरह सुविधा दिने र १० लाख रुपैयाँ बाँड्न तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले फाइल अघि बढाएका थिए । २ हजार ६ सय ७४ सहिद थपिएको तथा घाइतेहरूको नाममा ५ अर्ब वित्तीय दायित्व थपिने प्रस्ताव थियो । तर अर्थले भने यसलाई अहिलेको समयमा अनिवार्य दायित्व बहनकै लागि कठिन भएकोले थप दायित्वका काम गर्न नहुने प्रष्ट अडान लिएको थियो ।

यो अडानसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन अर्थमन्त्री डा. महतबीच मतभिन्नता मात्र बढेको थिएन, असक्षम अर्थमन्त्रीका रुपमा चर्चा गरेका थिए । गठबन्धन फेर्नेपर्ने अवस्था पनि अर्थमन्त्रीकै कारण बनेको प्रधानमन्त्री दाहालले बताएका थिए । थपिएका सहिदको नाम सरकारले शुक्रबार विदाको दिन राजपत्रमा प्रकाशित गरेको छ । राजपत्रमा प्रकाशित भएसँगै सरकारले अब शहिद परिवार र सशस्त्र जनयुद्धका घाइतेलाई १० लाख रुपैयाँको दरले रकम बाँड्ने अर्थमन्त्रालय स्रोतले बतायो ।