नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि, ४ अर्बको कारोबार

नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि, ४ अर्बको कारोबार



काठमाडौं । नेप्से परिसूचक साढे ५६ अंकले वृद्धि भएको छ । मंगलबार ५६.४६ अंकले बढेको सेयर बजार २१०९.१२ विन्दुमा पुगेर बन्द भएको छ ।

यसक्रममा २२० कम्पनीको सेयर मूल्य बढेको छ । यस्तै, २२ कम्पनीको सेयर मूल्य घट्दा ४ कम्पनीको मूल्य स्थिर छ । परिसूचकमा उत्साहजनक वृद्धि आउँदा आज ४ अर्ब ५५ करोड १६ लाख रुपैयाँ बराबरको १ करोड ६ लाख कित्ता सेयर किनबेच भएको छ ।

परिसूचक ५५ अंकले बढ्दा ५ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । आज शिवम सिमेन्टको सेयर सबैभन्दा धेरै कारोबार भएको छ । आज यो कम्पनीको ३७ करोड १९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । यस्तै सोनापुरको २४ करोड ९ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।