सर्वोच्चले १२ चैतमा दुर्गा प्रसाईंको मुद्दामा फैसला सुनाउने

सर्वोच्चले १२ चैतमा दुर्गा प्रसाईंको मुद्दामा फैसला सुनाउने


ग्लोब नेपाल
216
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको झापास्थित बी एण्डसी मेडिकल कलेजसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले १२ चैतमा फैसला गर्ने भएको छ ।

आज (मंगलबार) न्यायाधीश कुमार चुडाल र शारंगा सुवेदीको इजलासले सुनुवाइ सकेर निर्णय सुनाउने मिति १२ चैतलाई तोकेको सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले जानकारी दिएका छन ।

झापाको प्रस्तावित बीएण्ड सी मेडिकल कलेजलाई चिकित्सा शिक्षा अध्यापन गराउन आशयपत्र दिएर पनि सम्बन्धन नदिएको भन्दै प्रसाईले २१ असार, २०७७ मा काठमाडौं विश्वविद्यालय र चिकित्सा शिक्षा आयोग विरुद्ध रिट निवेदन दर्ता गरेका थिए ।

लगत्तै फेरि उनले नै ३० असोज २०७७ मा चिकित्सा शिक्षा आयोग र काठमाडौं विश्वविद्यालय विरुद्ध अर्को रिट निवेदन पनि दर्ता गरेका थिए । रिट निवेदनको प्रतिवादमा शशीबिक्रम कार्कीले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने भनी सर्वोच्च अदालतमा अर्को निवेदन पनि दिएका थिए ।