मेयर हमालकी छोरी आरती किन हराइन् कसरी भेटियो ?

मेयर हमालकी छोरी आरती किन हराइन् कसरी भेटियो ?


ग्लोब नेपाल
2.6k
Shares

काठमाडौं । मंगलबार अपरान्ह धनगढीका मेयर गोपाल हमालले छोरी अराती हमाल बेपत्ता भएको र खोजीदिन आग्रह गर्दै सामाजिक सञ्जाल ‘एक्स’मा सूचना जारी गरे । उनको सूचनालाई आधार मानेर नेपाल र भारतका अधिकांश सञ्चारमाध्यमबाट खबर सम्प्रेषण भयो ।

गोवा प्रहरीमा हराएको उजुरी दर्ता भयो, धनगढीबाट लखनउ हुँदै बहिनी आरजु र ज्वाइँ रितेज भट्ट आरतीलाई खोज्न गोवा हिडे । २४ घन्टा नबित्दै मेयर हमालले छोरी फेला परेको अर्को सूचना सामाजिक सञ्जालमा राखे । बुधबार बिहान उक्त समाचार पनि सबै सञ्चारमाध्यमले कभर गरे ।

धनगढीका मेयर गोपाल हमालकी ३६ वर्षीया छोरी आरती हमाल गोवामा आफ्ना साथीहरूसँग विगत ३ महिनादेखि बसिरहेकी थिइन् । त्यसदिन साथीहरुसँग घुम्न बाहिर निस्किन् र आफू बसेको ध्यान रिसोर्टमा फोन छोडिन् । उनको मोबाइल चार्जर चोरी भएको थियो । चार्ज सकिएको मोबाइल किन बोक्नु भनेर उनले मोबाइल रिर्सोटमा जानीबुझी छाडेकी हुन् ।

उनी सम्पर्कमा आउन नसकेपछि मेयर हमालले गोवा प्रहरीमा हराएको उजुरी दिए र तुरुन्तै सानी छोरी र ज्वाइँलाई गोवा पठाए ।

त्यसअघि ठूलो खोजी अभियान चलाइएको थियो । मार्च २५ मा बेपत्ता भएकी भनिएकी उनी २० किलोमिटर टाढा उत्तर गोवाको चोपडेम गाउँको एउटा होटलमा साथीहरुसँग बसेकी थिइन् । गोवा प्रहरीले उनलाई त्यही फेला पारेको थियो ।

आरती गोवाको ओशो ध्यान केन्द्रबाट कुनै जानकारी बिना गायब भएकी थिइन् । विगत तीन महिनौदेखि उनको बसाई गोवामा थियो । उनी अचानक बेपत्ता भएकाले मेयर हमालको मनमा खतराको घण्टी बजेको थियो । त्यसैले मेयर हमालले आत्तिएर प्रहरीमा रिर्पोट दर्ता गराए र सामाजिक सञ्जालमा सूचना जारी गरेका हुन् । उक्त सूचना डढेलोझै फैलिएको थियो ।

ब्युटी एन्ड बोल्ड आरती ओशोमा ‘आरतुसा हमाल ध्यान लीला’ उपनामले परिचित छिन् । अमेरिकाबाट फिर्ता, असफल विवाह र पारिवारिक बेमेलले उनलाई आरतीबाट आरतुसा हमाल बनाएको उनलाई नजिकबाट चिन्नेहरु बताउँछन् ।

मेयर हमालको परिवारमा मेलमिलाप छैन । मेयर हमाल र उनकी श्रीमति शारदाबीच सम्बन्ध सहज छैन । अमेरिकाबाट फर्किनु परेको पीडाले आरतुसालाई धेरै सताएको थियो । त्यसबेला उनलाई काउन्सिलिङको आवश्यकता थियो । बुवाबाट सहयोग पाए पनि उनले आमा शारदाबाट सहयोग नपाएको साथीहरुसँग गुनासो गर्थिन् । त्यसबेला नै उनले घरको छतबाट समेत हामफालेकी थिइन् ।

मेयर हमालले आरतुसा मुडी भएकाले काउन्सिलिङ र ध्यानको माध्यमबाट सहयोग पु-याइरहेका थिए । ध्यान गर्न थालेपछि उनमा परिवर्तन देखिन थालेको थियो । यो परिवेशमा ध्यानकेन्द्रबाटै एक्कासि सम्पर्कविहीन भएपछि मेयर हमाल आत्तिएको बुझिएको छ ।