आगलागीमा परेका ३ बालकको मृत्यु, पुरै गाँउ शोकमा

आगलागीमा परेका ३ बालकको मृत्यु, पुरै गाँउ शोकमा


ग्लोब नेपाल
54
Shares

डोल्पा । हिमाली जिल्ला डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका ४ मा पर्ने सुँ सामुदायिक बनमा आगलागीमा परेका तीनै जना बालबालिकाको मृत्यु भएको छ । गत बिहीवार आगलागि घटनामा परेका तीनैजना बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए ।

उपचारको क्रममा जिल्ला अस्पताल डोल्पामा १० वर्षीय सुलस बुढाको र १२ वर्षीय विवस बुढा र १३ वर्षीय समन्त बुढाको काठमाण्डौमा उचारकाको क्रममा मृत्यु भएको हो ।

गाउँ नजिकै रहेको बनमा गुच्ची च्याउ टिप्न गएको बेला तीनै बालबालिका आगलागिमा परेर गम्भीर घाइते भएको थिए । आगलागिबाट बचाउन धेरै प्रयास गरिएकोमा तीनै बालबालिकाको मृत्यु भएपछि सिंगो गाउँनै शोकमा डुबेको वडा नं ४ का वडाध्यक्ष रञ्जित बुढाले बताए । मृत्यु हुनेमा एकै घरका दुइ बालबालिकाको रहेका छन् ।

त्रिपुरासुन्दरी नगरपालिकाले घाइते बालबालिकाको उपचारकोलागि हेलिकप्टरको व्यवस्था गरेर काठमाण्डौ पुर्याइएको थियो । डोल्पामै गत मंगलबार ठुलिभेरी नगरपालिका ४ मा पर्ने मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको थियो ।