आईपीओ निष्काशनको तयारीमा वाईवाई चाउचाउ

आईपीओ निष्काशनको तयारीमा वाईवाई चाउचाउ



काठमाडौं । नेपालको प्रसिद्ध चाउचाउ वाइवाइले पनि आईपीओ निष्काशन गर्ने भएको छ । चौधरी ग्रुपका म्यानेजिङ डाईरेक्टर निर्वाण चौधरीले वाईवाईको आईपीओ निष्काशन गर्ने तयारी भईरहेको बताएका हुन् ।

उनले सोमबार ट्विट गर्दै भनेका छन्, हामी तपाईलाई मनपर्ने चाउचाउलाई नेपालमा IPO मा लैजाने योजनामा ​​रहेको कुरा तपाईहरु सबैसँग साझा गर्न पाउँदा खुसी र अति उत्साहित छौं ।’