लैनचौरस्थित स्काउटको हडपिएको जग्गा र भवन नियन्त्रणमा

लैनचौरस्थित स्काउटको हडपिएको जग्गा र भवन नियन्त्रणमा


ग्लोब नेपाल
135
Shares

काठमाडौं । लैनचौरस्थित स्काउटको जग्गा र भवनमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले गएराति सिल गरी नियन्त्रणमा लिएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्मा, लैनचौर प्रहरी वृत्तका डीएसपी सत्यनारायण थापा र काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष ख्याम तिवारीलगायतको टोलीले उक्त जग्गा भएको क्षेत्रमा सिलबन्दी गरी नियन्त्रणमा लिएको हो ।

स्काउटकै अनुरोधमा जग्गा सिल गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शर्माले जानकारी दिए । स्वयंसेवी संस्था स्काउटसँग तीन रोपनी जग्गा भाडामा लिई आसपासमा थप नौ रोपनी जग्गा १५ वर्षदेखि नेपाल संखुवासभाबाट प्रत्यक्ष निर्वाचित सांसद खड्काले दीपक खड्काले संचालन गर्दै आएका थिए ।

खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले स्काउटको जग्गा लिएर व्यापारिक प्रयोजनका लागि अन्य व्यावसायिक संस्थाहरूलाई भाडामा लगाएको थियो । तीन रोपनी जग्गाको भाडा सम्झौता पाँच वर्षअघि नै सकिए पनि स्काउटलाई फिर्ता गरिएको थिएन । दुई वर्षअघि उच्च अदालत पाटनले फिर्ता गर्नुपर्ने फैसला सुनाए पनि अटेर गरी कब्जामै राखिएको थियो ।