सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ४ जनाको मृत्यु

सिन्धुपाल्चोकमा जन्ती बस दुर्घटना, ४ जनाको मृत्यु


ग्लोब नेपाल
162
Shares

दोलखा । दोलखाबाट जन्ती लिएर सिन्धुपाल्चोक गएको बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने तीन दर्जन बढी घाईते भएका छन् ।

दोलखाको सुस्पाक्षमावतीबाट सिन्धुपाल्चोकको पिस्करमा जन्ती लिएर जाँदै गरेको बस दुर्घटना भएको हो । सो बस त्रिपुरासुन्दरी गाउँपालिका-५ धारावतीमा दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

बा ४ ख ५६१६ नम्बरको बस आज बिहान सात बजेर २० मिनेटमा दुर्घटना भएको थियो । उक्त बस तौथलीको धारावती भन्ने स्थानबाट एक सय मिटर तल खसेको स्थानीयले बताएका छन् । सिन्धुपाल्चोक प्रहरीकाअनुसार दुर्घटनामा मृत्यु भएकाहरुको पहिचान खुल्न बाँकी रहेको छ ।