रुसद्वारा पोल्यान्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी

रुसद्वारा पोल्यान्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी



मस्को । रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले बिहीबार नेटो आणविक केन्द्रहरू स्थायीरूपमा पोल्यान्डको भूभागमा अवस्थित भएमा रुसका लागि ती सैन्य लक्ष्य बन्ने सक्ने चेतावनी दिएका छन् ।

“संयुक्त नाटो आणविक मिसनको अभ्यासको विस्तारमा कुनै पनि मुलुक यो अभ्यासमा सम्मिलित हुनसक्ने भए पनि यो विशुद्धरूपमा अस्थिर प्रकृति हो र धम्कीपूर्ण हो”, रुसको तास समाचार समितिसँगको अन्तरवार्तामा उनले भने ।

उनले रुसी सीमा नजिकै नाटो मुलुकहरूले गर्ने आणविक मिसनको दृष्टिकोणले सुरक्षा खतरा बढाउने बताए ।

“वार्सामा छलफल भइरहेको स्थायी तैनाथीका बारेमा मैले कुरा गरिरहेको छैन, त्यसैले पोल्यान्ड र बाहिर योजनाका बारेमा उत्साहपूर्वक छलफल गरिरहेका ती सबै राजनीतिज्ञहरूले ‘परिवर्तनले पोल्यान्डको सुरक्षामा कुनै वृद्धि हुँदैन तर सम्बन्धित केन्द्रहरू निश्चितरूपमा लक्ष्य बन्नेछन् र ती हाम्रा सैन्य योजनामा सबैभन्दा अगाडि हुनेछन्’ भनेर बुझ्नुपर्छ”, उनले भने ।

उनले पोल्यान्डमा नाटो आणविक केन्द्रहरू तैनाथ गर्नेबारे भइरहेको छलफललाई ‘विकसित हुँदै गरेको कथा’ का रूपमा उल्लेख गरे । “वार्साले यो विषयलाई कसरी सम्बोधन गर्नेछ भनेर मस्कोले नजिकबाट नियालिरहेको छ”, उनले भने ।

पोलिस राष्ट्रपति आन्द्रेज डुडाले सोमबार फक्त अखबारसँगको अन्तरवार्तामा पोलिस अधिकारीहरूले नाटोको आणविक साझा व्यवस्थाको ढाँचाभित्र पोल्यान्डमा आणविक हतियार तैनाथ गर्ने सम्भावनामा अमेरिकासँग बारम्बार छलफल गरेको र आवश्यक भएमा तयारी अवस्थामा रहेको अभिव्यक्ति दिएका छन् ।