प्रधानमन्त्रीद्वारा मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त

प्रधानमन्त्रीद्वारा मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयमा उपकुलपति नियुक्त



काठमाडौँ । मध्यपश्चिम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति नियुक्त भएका छन् ।

प्रधानमन्त्रीसमेत रहेका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मंगलबार दुई विश्वविद्यालयमा उपकुलपति नियुक्त गरेका हुन् ।

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. ध्रुवकुमार गौतम र पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. विजुकुमार थपलिया नियुक्त भएका हुन् ।

मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्त गरिएको बताइएकाे छ ।