अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले चाैपाया !

अत्यधिक गर्मिले खाेला नाला सुके, पानी नपाएर मर्न थाले चाैपाया !


ग्लोब नेपाल
81
Shares

बैशाख  । राैतहटस्थित लाल वकैया नदीलगायत स-साना खाेला नाला  शुक्न थालेपछि चाैपाया र चारा चुरुङ्गी मर्न थालेका छन् ।

करिब दुई महिना आगाडीदेखि लाल बकैया नदी सुकेकाे हाे । पछिल्लो पटक २०८९ साल फाल्गुन महिनामा पानी परेकाे थियाे । त्यसपछि लागातार तापक्रम दैनिक बढोतरी हुँदै आएकाे छ । हिजो ( मंगलबार ) राैतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।

तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजीवनलगायत सवै  सजीव प्राणी-  बाेट विरुवाका साथै बाली नालीमा समेत असर परेका छन । यसैबीच पानी खान नपाएर जिल्लाका देवाही गाेनाही नगरपालिका वडा नम्बर २  स्थित एउटा जंगली चाैपाया घाेड गदहा मृत अवस्था फेला परेकाे पत्रकार कमल यादवले बताए । 

प्रकृतिक खाेला नदी सुकिसकेका कारण जंगली जनावर छाडा पशुपंक्षी पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले जानकारी दिए । लाल बकैया नदीको दायाँ बायाँ करिब ५-५ किलो मिटर दुबैतर्फ दुरीमा निजी तथा  सार्बजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चाैपायालाई पानी खान समस्या भएको देवाही गाेनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए । 

पानीको समस्या मधेशमै बढदै गएको बताउदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसाे हैण्पाईप सुक्ने र मानिसलाई पानी खान समेत समस्या हुने बताए । चाैपाया तथा  जंगली जनाबर चराचुरुङ्गीलाई आफुले स्थानीय स्तरबाट जन श्रमदान गरि सुकिसकेको  लाल बकैया नदीमा पाेखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।