देशभर इन्टरनेट सेवामा समस्या

देशभर इन्टरनेट सेवामा समस्या



काठमाडौँ । देशभरका इन्टरनेट सेवामा समस्या देखिएको छ । वर्ल्डलिंक, सुबिसु, भायनेटलगायतका इन्टरनेट सेवामा समस्या देखिएको हाे ।

इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सेवामा समस्या देखिएको स्वीकार गरे पनि के समस्या देखिएको हो प्रस्ट पारेका छैनन् ।

बिहीबार ४ बजेदेखि उत्पन्न भएको समस्या हालसम्म समाधान हुन सकेको छैन । कतिपय इन्टरनेट चल्न सकेको छन् भने कतिपय चाहिँ सुस्त गतिमा चलेका छन् ।

नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको र जुनसुकै बेला इन्टरनेट अवरुद्ध हुन सक्ने बताउँदै आएकाे थियाे ।

उनीहरुले सरकारले अनुमति नदिएका कारण करिब ३ अर्ब रुपैयाँ भुक्तानी गर्न नसकेको बताएका छन् ।

यसअघि इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले जतिबेला पनि इन्टरनेट सेवा काटिन सक्ने चेतावनी दिएको थियो ।