आर्थिक वर्ष २०२३–२४ म्यान्मामा चट्याङले प्रभावले ७३ को मृत्यु

आर्थिक वर्ष २०२३–२४ म्यान्मामा चट्याङले प्रभावले ७३ को मृत्यु



याङ्गुन (म्यान्मा) । म्यान्माको विपद् व्यवस्थापन विभागलाई उद्धृत गर्दै आधिकारिक टेलिभिजन च्यानल एमआरटिभीले मङ्गलबार आर्थिक वर्ष २०२३–२४मा म्यान्मामा चट्याङबाट कूल ७३ जनाको मृत्यु भएको जनाएको छ ।

आर्थिक वर्षभरि अप्रिल–मार्च सम्म म्यान्माले देशभर कूल ६७ वटा चट्याङको अनुभव गरेको छ । चट्याङबाट २७ जना घाइते समेत भएका छन् । यस अवधिमा देशभर चट्याङबाट हताहतको सङ्ख्या हावाहुरीका कारण हुने हताहतको सङ्ख्याभन्दा बढी रहेको छ ।

म्यान्माकोको विपद् व्यवस्थापन विभागले चट्याङबाट हुने मृत्युको सङ्ख्या कम गर्न यसको सुरक्षाको बारेमा चेतना जगाउँदै गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।