आठ अंकले बढ्याे शेयर बजार, ३ अर्ब १५ कराेडकाे काराेबार

आठ अंकले बढ्याे शेयर बजार, ३ अर्ब १५ कराेडकाे काराेबार



काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आठ दशमलव २६ अंकले बढेर एक हजार नौ सय ७४ दशमलव ५० विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल र माइक्रोफाइनान्स बाहेक सबै समूहको शेयर बढेकोमा बीमा समूहको शेयर उच्च अंकले उकालो लागेको छ । आज सृजनशील लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढेको दिन आज सबैभन्दा धेरै मानुषी लघुवित्तको शेयर साढे पाँच प्रतिशत र दोल्ती हाइड्रोपावर कम्पनीको शेयर पाँच प्रतिशतले घटेको छ ।

आज तीन सय ११ वटा कम्पनीका ७८ लाख ५७ हजार कित्ता शेयर तीन अर्ब १५ करोड रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै साङ्ग्रीला विकास बैंकको १० करोड रुपैयाँ बराबरको शेयर खरिद/बिक्री भयो ।