गैरआवासीय नेपालीलाई धन्यवाद !

गैरआवासीय नेपालीलाई धन्यवाद !


ग्लोब नेपाल
567
Shares

काठमाडौं । सरकारले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा गैरआवासीय नेपालीलाई समुदायलाई धन्यवाद दिएको छ । नेपालको विकासमा योगदान पु-याउने छिमेकी राष्ट्रलगायत मित्रराष्ट्र, विकास साझेदार र गैरआवासीय नेपाली समुदायलाई सरकारले धन्यवाद दिएको हो ।

यसबाहेक सरकारले अन्य तीनवटा बुँदामा गैरआवासीय नेपालीलाई सम्बोधन गरेको छ । बुँदा नं. ७६ मा मूर्तिकला, थाङ्का, काष्ठकलालगायतका पारम्पारिक हस्तकला प्रवद्र्धन गरी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय पहुँच बढाउन कूटनीतिक नियोग र गैरआवासीय नेपाली समुदायलाई परिचालन गरिने उल्लेख छ ।

यस्तै बुँदा नं. १५२ मा वैज्ञानिक अनुसन्धान, नवप्रर्वन तथा आविष्कारका कार्यक्रम कार्यान्वयन गर्न विश्वविद्यालय, विद्यालय, अनुसन्धानकर्ता र बैज्ञानिकलाई परिचालन गर्नुका साथै यस कार्यमा गैरआवासीय नेपालीलाई सहभागी हुन आह्वान गरिने उल्लेख गरिएको छ ।

यस्तै बुँदा नं. २१३ मा वैदेशिक लगानी तथा व्यापार, रोजगारी र पर्यटन प्रवद्र्धन गर्न सक्षम आर्थिक कूटनीतिक सञ्चालन गर्न संस्थागत क्षमता सुदृढ तुल्याइनेछ । गैरआवासीय नेपालीको ज्ञान, सिप, पूँजी, प्रविधि, सञ्जाल र पहुँचलाई नेपालको विकास र समृद्धिका लागि उपयोग गरिनेछ उल्लेख गरिएको छ ।