क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने

क्रिकेटर लामिछानेको मुद्दामा आज सुनुवाइ हुने


ग्लोब नेपाल
81
Shares

काठमाडौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा आज सुनुवाइ हुने भएको छ ।

न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा हिजो मंगलबार बहस भएको र सुनुवाइ नसकिएपछि आज सुनुवाइ हुने भएको हो ।

यसअघि जिल्ला अदालत काठमाडौँले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै ८ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो । सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो ।