डा. गोविन्द केसीले तोडे अनशन

डा. गोविन्द केसीले तोडे अनशन



काठमाडौं । प्रा.डा. गोविन्द केसीले अनशन तोडेका छन् । चिकित्सकहरूको सुझावमा बिहीबार केसीले छैटौँ अनशन तोडेका हुन् ।

केसीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राख्दै पशुपति परिसरमा वैशाख २९ गतेदेखि आमरण अनशन थालेका थिए ।

अनैतिक शासनहरुको अथाडि नैतिक याचना फगत याचनाको रुपमा देखिएको भन्दै डा. केसीले बिहीबार अनसन तोडेका हुन् ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार साँझ उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएकाे थियाे ।

बिहीबार गरिएकाे स्वास्थ्य परीक्षणअनुसार जुनसुकै समयमा पनि स्वास्थ्य अवस्था अझ गम्भीर भई जीवनलाई समेत खतरा हुन सक्ने भएकोले शघन कक्षमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएकाे अस्पतालद्वारा जारी प्रेस नाेटमा उल्लेख थियाे ।

यसबारे स्वास्थ्य परीक्षण टोलीले केसीलाई जानकारी गराई अनशनलाई निरन्तरता दिन उचित नहुने सल्लाह दिएका थिए ।