अमेरिका र दक्षिण कोरियाले निगरानी बढाएको उत्तर कोरियाको आरोप

अमेरिका र दक्षिण कोरियाले निगरानी बढाएको उत्तर कोरियाको आरोप

जवाफी कारवाही गर्ने चेतावनी



काठमाडौँ । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाले अन्तर-कोरियाली सीमामा निगरानी गतिविधि बढाएको आरोप लगाएको छ ।

यससँगै उत्तर कोरियाले देशको सार्वभौमसत्ता र सुरक्षाको उल्लङ्घन भएको खण्डमा पक्कै पनि जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । उत्तर कोरियाका रक्षामन्त्री किम ग्याङ इलले अमेरिका र दक्षिण कोरियाको कठपुतली वायु सेनाले दिनभर निकै छोटो अन्तरालमा हवाई जासुसी गतिविधि गरिरहेको बताए ।

किमले देशको सार्वभौमसत्ता र सुरक्षालाई खतरामा पर्दा तत्काल कारबाही गर्ने बताए । उनीहरूले दक्षिण कोरियाको नौसेना र तटरक्षकलाई समुद्री सीमा उल्लंघन गरेको र सैन्य तनाव बढाएको आरोप पनि लगाएका छन् । उत्तर कोरियाले मे १३ देखि २४ को बीचमा, अमेरिकाले कोरियाली प्रायद्वीपमा १६ आरसी-१३५ र यू-२५ जासूस विमानहरू र आरक्यु-४बी ड्रोनहरू उडाएको दाबी गरको छ ।

यससँगै उनले दक्षिण कोरियाबाट बेलुनमा पठाइएका पर्चालाई खतरनाक र उत्तेजक कार्य भएको भन्दै आलोचना गरेका छन् ।