इजरायलको राजधानीमा हमासले गर्‍यो ठूलो आक्रमण

इजरायलको राजधानीमा हमासले गर्‍यो ठूलो आक्रमण



तेल अभिभ । प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलको राजधानी तेल अभिभलगायत विभिन्न शहरमा मिसाइल आक्रमण गरेको छ । गाजाको रहाफा क्षेत्रबाट मिसाइल आक्रमण भएको इजलायली अधिकारीहरूले बताएका छन् ।

हमासले पनि ठूलो मिसाइल आक्रमण गरेको दाबी गरेको छ । इजरायली अधिकारीहरूले आठवटा मिसाइल प्रहार गरिएकोमा धेरैजसो आकाशमै ध्वस्त पारिएको जनाएका छन् ।

गत वर्ष हमासले इजरायलमा आक्रमण गरेपछि इजरायली सेनाले गाजामा लगातार आक्रमण गरिरहेको छ ।