मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु : सन्दीप

मेरो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी छु : सन्दीप



काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले टी–२० विश्वकप खेल्ने आफ्नो सपना पूरा हुन नसकेको बताएका छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुशी भएकाे बताए ।

उनले लेखेका छन्, ‘मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने मेरो देशको सपना पूरा भएको छ ।’ पहिलोपटक विश्वकप खेल्ने सपना देखिरहेका सन्दीप बिस्तारै निराश बनेका छन् ।

लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान) ले उनको निलम्बन फुकुवा गर्दै उनलाई विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीमा समावेश गराउने तयारी गरेको थियो । तर, अमेरिकाले उनलाई भिसा दिन अस्वीकार गरेपछि उनको सपनामा ब्रेक लागेको थियो ।