काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष’ घोषणा गरेका छन् ।
मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले आगामी १० बर्षलाई कृषिमा लगानी बर्ष घोषणा गरेका हुन् ।
उनले सरकारी र निजी जग्गालाई स्थानीय तहमा सूचीबद्ध गरेर खेतीयोग्य जमिन बनाउने घोषणा गरेका छन् ।
कृषि बालीको विकासका लागि उन्नत बिउको वितरण गर्ने कार्यक्रम ल्याएको बताउदै प्रधानमन्त्री कृषि आधुनिकरणका लागि २ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको बताएका छन् ।
गाई भैँसीको नश्ल सुधारका लागि ३८ करोड विनियोजन
अर्थमन्त्री पुनले गाई भैँसी नश्ल सुधारका लागि ३८ करोड र भ्याक्सिन उत्पादनका लागि ४० करोड रुपैयाँ विनियोजन गरेका छन् ।
अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै स्वदेशमै बढी दुध उत्पादन गर्ने पशुको विकासका लागि गाई र भैँसीमा नश्ल सुधारका लागि ३८ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।
पशुपक्षीको रोग नियन्त्रण गर्नका लागि आगामी वर्ष ५ करोड डोज खोप उत्पादन गरिने बताए । आगामी ३ वर्षभित्र पिपिआर र स्वाइन फ्लू रोग उन्मूलन गर्ने गरी निःशुल्क खोप सञ्चालन गर्ने बताए । खोरेत रोग उन्मूलन गर्न खोप अभियान सञ्चालन गर्ने बताए । खोप उत्पादन गर्नका लागि ४० करोड रुपैयाँ विनियोजन गरेको बताए ।
प्रतिक्रिया