काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् ।
‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो । तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ’, बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा प्रचण्डले भने । अध्यक्ष माधवकुमार नेपाल बुधबार विपक्षी दलहरूको बैठकमा सहभागी भएको बारे सञ्चारकर्मीले जिज्ञासा राखेका थिए ।
माधव नेपाल असन्तुष्ट रहेका कारण गठबन्धन छाड्न सक्ने चर्चाका बीच बिहीबार बिहान झलनाथ खनाल प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले माधव नेपाल वर्तमान सत्ता समीकरण बाहिर गएर पनि अर्को गठबन्धन बन्ने सम्भावना नरहेको बताए ।
प्रतिक्रिया