न्युरोडमा महानगर प्रहरी र सडक विभागबीच विवाद

न्युरोडमा महानगर प्रहरी र सडक विभागबीच विवाद



काठमाडौँ । न्युरोड क्षेत्रको सडकका विषयमा सडक विभाग र काठमाडौँ नगर प्रहरीबीच विवाद भएको छ । काठमाडौँ महानगरले फुटपाथ विस्तारका लागि न्युरोड क्षेत्रको सडक काटेकोले सडक विभागले पिच गर्न खोजेपछि विवाद भएको हो ।

काठमाडौं महानगरपालिकाले न्युरोडको फुटपाथ क्षेत्र बढाउन भन्दै सडकको पिच खनेको थियो । तर डिभिजन सडक कार्यालयले त्यसो नगर्न र पिच जस्ताको तस्तै गर्न महानगरपालिकालाई भनेको थियो ।

महानगरपालिकाले नमानेपछि आज बिहान डिभिजन सडक कार्यालयको टोलीले आफैं पिच गरिरहेको छ । विभागले कालोपत्रे गर्न सुरु गरेपछि त्यसलाई रोक्न काठमाडौँ महानगरपालिकाले नगर प्रहरी परिचालन गरेको छ ।

यही विषयलाई लिएर काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले सोमबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीलाई कटाक्ष गरेका छन् । उनले गिरीबन्धु टी स्टेट प्रकरणमा जेल जानुपर्ने चेतावनी दिएका छन् ।