मधेस प्रदेश : गठबन्धनले सरकारमा दाबी पेस गर्दै

मधेस प्रदेश : गठबन्धनले सरकारमा दाबी पेस गर्दै

मुख्यमन्त्रीको शपथ बिहान ११ बजे


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । मधेस प्रदेश नयाँ सरकार गठनका लागि आह्वान गरेको समय आज सकिँदै छ । बुधबार मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी थिइन् ।

प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरी संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिएको थियो ।

सत्ता गठबन्धनले आज बिहान ७ बजे जनमत पार्टीका नेता सतिश सिंहको नेतृत्वमा सरकार गठन गर्नका लागि प्रदेश प्रमुखसमक्ष नामावली बुझाउने भएका छन् । सिंह सप्तरी २(१) बाट निर्वाचित सांसद हुन् ।

स्रोतका अनुसार नेकपा एमालेले ४ मन्त्रालय, जनमतले मुख्यमन्त्रीसहित ३ मन्त्रालय, माओवादी र नेकपा एसले २-२ मन्त्रालय लिने सहमति भएको छ । नवनियुक्त मुख्यमन्त्रीलाई आजै बिहान ११ बजे शपथ ग्रहण गराउने प्रदेश प्रमुखको तयारी छ ।