गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले सोमबार विश्वासको मत लिने

देउवाको पत्र लिङ्देनलाई


ग्लोब नेपाल
135
Shares

काठमाडौं । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते सोमबार विश्वासको मत लिने भएका छन् । अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे नेपाली कांग्रेस पार्टी सभापति शेरबहादुर देउवासँग छलफल काठमाडौंमा थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् ।

सभापति देउवाले मुख्यमन्त्री पाण्डेलाई सहयोग गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई पत्र लेखेका छन् । सभापति देउवाले शुक्रबार राप्रपा अध्यक्ष लिङ्देनलाई पठाएको पत्रमा मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत माग गरिएको छ।

‘प्रदेशको नीति तथा कार्यक्रम, बजेट निर्माणको संवेदनशील समय भएकोले मुख्यमन्त्री पाण्डेले यही जेठ २८ गते प्रदेश सभाबाट विश्वास मत लिन लागेको विशेष परिस्थितिमा तपाईंको दलको तर्फबाट विश्वास मत प्रदान गरी सहयोग गर्नका लागि अनुरोधसहित कांग्रेसको तर्फबाट यो पत्र पठाएको छु,’ सभापति देउवाले लिङ्देनलाई पठाएको पत्रमा भनिएको छ।

सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् । पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

एमाले संसदीय दलका नेता समेत रहेका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत प्राप्त गर्दा अपनाएको प्रक्रिया असंवैधानिक ठहर गर्दै पदमुक्त गरेपछि पाण्डे मुख्यमन्त्री नियुक्त भएका थिए । नेपाली कांग्रेस संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् ।