प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री ‘प्रचण्ड’ र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


ग्लोब नेपाल
108
Shares

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बालुवाटार भइरहेको भेटवार्तामा प्रधानमन्त्री ‘प्रचण्ड’को भारत भ्रमणबारे छलफल भइरहेको बताइएको छ । प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन आज दिउँसो भार जाँदैछन् ।

भारतीय जनता पार्टीका नेता मोदीले शपथ लिएपछि प्रधानमन्त्री दाहालसँग आजै साँझ भेटवार्ता गर्ने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपालको राजदूतावासले जनाएको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्कने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले शनिबार राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर आफ्नो भारत भ्रमणबारे जानकारी गराएका थिए ।