प्रेमसिंह तामाङ लगातार दोस्रो कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री चयन

प्रेमसिंह तामाङ लगातार दोस्रो कार्यकालका लागि सिक्किमको मुख्यमन्त्री चयन



गान्तोक । सिक्किम क्रान्तिकारी मोर्चाका प्रमुख प्रेमसिंह तामाङले सोमबार लगातार दोस्रो कार्यकालको लागि हिमालयन राज्यको मुख्यमन्त्रीको रूपमा शपथ लिएका छन् ।

पालजोर रङ्गशालामा भएको सपथ ग्रहण समारोहमा गभर्नर लक्ष्मणप्रसाद आचार्यले प्रेमसिंह तामाङ र उनको मन्त्रिपरिषद्लाई पद तथा गोपनीयताको शपथ गराए ।

सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) ले ३२ सिटमध्ये ३१ सिट जितेको छ । यसरी हिमालयन राज्यको विधानसभा चुनावमा विपक्षी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) एक मात्र सीटमा सीमित भएको छ ।

तामाङले पार्टीको विजयलाई ‘रेकर्ड’ को रूपमा वर्णन गरे । पाँच वर्षमा निर्वाचनका बेला गरेका सबै घोषणाहरू पूरा गर्ने उनले बताए । तामाङले रेनोक विधानसभा सिटबाट एसडीएफका सोमनाथ पौड्याललाई सात हजार ३९६ मतले पराजित गर्दै विजयी भएका थिए ।

सिक्किमको ३२ विधानसभा सीटका लागि लोकसभा चुनावसँगै पहिलो चरणमा १९ अप्रिलमा मतदान भएको थियो ।

एसकेएमले सन् २०१९ मा विधानसभा चुनाव अघि बीजेपी नेतृत्वको एनडीएसँग हात मिलायो तर अन्ततः सम्बन्ध तोड्यो र सन् २०१९ विधानसभा चुनाव एक्लै लडेको थियो ।