जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्दसत्र सुरु

जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्दसत्र सुरु


ग्लोब नेपाल
135
Shares

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको बन्द सत्र सुरु भएको छ । मंगलबार बिहान ८ बजेदेखि सुरु हुने भनिए पनि डेढ घण्टा ढिलो जसपाको बन्द सत्र सुरु भएको हो ।

बन्द सत्रमा राजनीतिक प्रस्तावको प्रतिवेदन अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गर्नेछन् । त्यसपछि विभिन्न समूह उक्त प्रस्तावबारे छलफल चलाइने जसपा प्रवक्ता मनिष सुमनले जनाए । उनका अनुसार अध्यक्ष यादवको प्रस्तावमाथिको छलफल सकेपछि लेखापरीक्षणको प्रस्ताव पेस गरिनेछ । लेखा समितिका अध्यक्ष अमरेश नारायण झाले उक्त प्रस्ताव पेस गर्ने प्रवक्ता सुमनले बताए ।

जसपा पार्टी अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बन्द सत्र सुरु भएको छ । पार्टी विधान अनुसार अध्यक्ष मण्डल गठन गरेर बन्द सत्र सुरु गर्नुपर्ने भएको हुनाले प्रतिनिधिहरूले ५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेका थिए ।

५ सदस्यीय अध्यक्ष मण्डलमा लालबाबु राउत , मृगेन्द्रा सिह, लिला सिटौला र रकम चेम्जोङ छन् । जसपा नेपालको सोमबारदेखि जनकपुरमा एकताको राष्ट्रिय महाधिवेशन सुरु भएको हो । जसपा वरिष्ठ नेता अशोक राईको नेतृत्वमा पार्टी विभाजन भएको सवा महिनापछि जसपा नेपालले महाधिवेशनको आयोजना गरेको हो ।