काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज दोहोरो अंकले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३३ दशमलव १५ अंकले बढेर २ हजार १ सय १५ दशमलव २४ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा बीमा, हाइड्रोपावर, व्यापार, विकास बैंक, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अंकले उकालो लागेको छ ।
आज वरुण हाइड्रोपावर, ग्रीन भेन्चर्स, कुथेली बुखारी हाइड्रोपावर र भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन साम्लिङ पावर कम्पनीको शेयर भने साढे ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
आज ३ सय ११ वटा कम्पनीका १ करोड २६ लाख कित्ता शेयर ५ अर्ब ५५ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको ३६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
प्रतिक्रिया