गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु

गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको मृत्यु



काठमाडौँ । बारामा गोली लागेर घाइते भएका क्याम्पस प्रमुखको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार साँझ कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए ।

करिब साढे ५ बजे कुशवाहामाथि आदर्शकोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात व्यक्तिले गोली प्रहार गरी भागेको थियो । घर जाँदै गरेका उनीमाथि मोटरसाइकलमा आएका दुई जनाले पछाडिबाट गोली प्रहार गरेका थिए ।

उनको पिठ्युँमा गोली लागेको थियो ।

गोली प्रहारबाट गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्ज लगिएको थियो । उनको वीरगन्ज न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।