नेकपा एसमा एक लाख पचास हजार सङ्गठित सदस्य

नेकपा एसमा एक लाख पचास हजार सङ्गठित सदस्य


ग्लोब नेपाल
54
Shares

काठमाडौँ । पूर्व प्रधानमन्त्री माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले देशभर एक लाख पचास हजार सङ्गठित सदस्य रहेका दाबी गरेको छ । पार्टीको आसन्न महाधिवेशनका सन्दर्भमा केन्द्रीय सचिव जीवनराम श्रेष्ठले उक्त जानकारी दिँदै महाधिवेशनका लागि एक सय २५ सङ्गठित सदस्य बराबर एक प्रतिनिधि छनौट गरिने जानकारी दिएका छन ।

राष्ट्रिय महाधिवेशनमा सङ्गठित सदस्यमध्ये करिब एक हजार आठ सय प्रतिनिधि छनौट गर्ने पनि उनले जानकारी दिएका छन । पार्टीले यही असार ६ गतेसम्म प्रतिनिधि छनौट गर्ने उनले जानकारी दिएका छन । महाधिवेशनका लागि केन्द्रीय तहका नेता र केन्द्रीय आयोगका सदस्यहरू स्वतः प्रतिनिधि हुने भएका छन ।

विभिन्न निर्वाचन क्षेत्र तथा समूहबाट चुनिएर आउने छन्भने दलित तथा युवा महिला समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिएको पनि उनले जानकारी दिएका छन ।

पार्टी निकट जनवर्गीय सङ्गठनमा आबद्ध सदस्यको सदस्यताका आधारमा प्रतिनिधि छनौटका लागि सङ्ख्या निर्धारण गरिएको पनि उनले जानकारी दिएका छन ।

यही असार १६ देखि २० गतेसम्म पार्टीको दसौँ महाधिवेशन नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुँदैछ । तत्कालीन एमाले बाट विभक्त भएको पार्टीले आसन्न महाधिवेशनलाई दसौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ ।