काभ्रेको रोशी ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा

काभ्रेको रोशी ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा



काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकालाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको छ ।

रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको प्रस्तावमा बाग्मती प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक दीपेन्द्र सुवेदीले हिजो राेशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरेका हुन् ।

गाउँपालिकाको टोल बस्तीभित्र गरिएको सर्वेक्षणअनुसार छ हजार सात सय ५२ घरका चार वर्षदेखि १३ वर्षसम्मका विद्यालय उमेर समूहका पाँच हजार सात सय चार बालबालिका विद्यालयमा भर्ना भएका छन् ।

सबै वडामा अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको वडा घोषणा भइसकेकोले रोशीलाई ‘अनिवार्य तथा निःशुल्क शिक्षा लागू भएको पालिका’ घोषणा गरिएको महानिर्देशक सुवेदीले बताए ।