जर्मनीमा राष्ट्रपति पौडेलको माइक खोस्ने को ?

जर्मनीमा राष्ट्रपति पौडेलको माइक खोस्ने को ?


ग्लोब नेपाल
2.2k
Shares

काठमाडौं । जर्मनी भ्रमणका बेला राजदूत निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेललाई बोल्न नदिएको विषय यतिबेला चर्चामा छ । गत असार २ गते जर्मनीका लागि नेपाली राजदूत रामकाजी खड्काले राष्ट्रपतिको सम्मानमा रिसेप्सन कार्यक्रम आयोजना गरेका थिए । डिनर लिनुभन्दा अगाडि राजदूत खड्काले स्वागत मन्तव्य र एनआरएनए जर्मनीद्वारा अभिनन्दनलगायतका कार्यक्रम राखिएको थियो ।

डेपुटी चिफ द मिसन सागरप्रसाद फुयालले कार्यक्रम सञ्चालन गरेका थिए । सुरुमा उनले राजदूत खड्कालाई स्वागत मन्तव्य राख्न दिए । त्यसपछि एनआरएनए जर्मनीले राष्ट्रपति पौडेलको अभिनन्दन गरेको थियो । अभिनन्दन सकिने वित्तिकै राष्ट्रपति पौडेललाई डिनर लिन आग्रह गरियो । तर राष्ट्रपति पौडेलले डिनर होइन, मेरो केही भन्नुछ भनेर माइक समातेका थिए ।

कार्यक्रममा राष्ट्रपति पौडेलले एक पटकको नेपाली सधैंको नेपाली रहेको धारणा राख्दै संसारमा जहाँ रहे पनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे। राष्ट्रपति पौडेलले भने, ‘जहाँ रहे पनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन म सबै नेपालीलाई हार्दिक आह्वान गर्दछु ।’

राष्ट्रपतिको सम्बोधन सूचि दूतावासको लिस्टमा थिएन । राष्ट्रपतिको अभिव्यक्ति विवादमा आउन सक्ने भनेर राजदूत खड्काले राष्ट्रपतिको सम्बोधन सूचि हटाएको बताइन्छ । तर, राष्ट्रपति पौडेलले एनआरएनएका लागि जति बोले ती सबै मर्मस्पर्सी थिए । सहभागी सबैले मुक्तकण्ठले प्रशंसा गरेका थिए ।