नेप्से परिसूचकमा ५.६० अंकको वृद्धि

नेप्से परिसूचकमा ५.६० अंकको वृद्धि



काठमाडौँ । मंगलबार नेप्से परिसूचक ५.६० अंकको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार मंगलबार नेप्से ०.२७ प्रतिशतले वृद्धि हुँदै २ हजार ७१.७७ बिन्दुमा पुगेको हो ।

यस दिन ९४ लाख ३५ हजार ४५४ कित्ता बराबरको सेयर किनबेच हुँदै ४ अर्ब १८ करोड ७७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । १३ उपसूचकमध्ये ८ समूहको सेयर धनात्मक देखिएको छ भने बाँकीको ऋणात्मक भएको छ । यसदिन विकास बैंक समूहको सेयर सबैभन्दा बढी १३.०८ प्रतिशत वृद्धि भएको छ ।

आज ग्लोबल आईएमई बैंकको डिबेन्चरमा सकारात्मक सर्किट लागेको छ । यस्तै साधना लघुवित्त वित्तीय संस्थाको सेयरमा नेगेटिभ सर्किट लाग्यो । यसदिन आरएसडीसी लघुवित्त वित्तीय संस्थाको सेयर सबैभन्दा धेरै कारोबार भयो ।