एक सातादेखि कोशी प्रदेश सरकारको खर्च ठप्प

एक सातादेखि कोशी प्रदेश सरकारको खर्च ठप्प


ग्लोब नेपाल
1.2k
Shares

काठमाडौं । कोशी प्रदेश सरकारको खर्च एक सातादेखि ठप्प भएको छ । कोशी प्रदेशका लेखा समूहका कर्मचारी आन्दोलनमा रहेका सरकारको खर्च ठप्प भएको हो । सरकारले असारमा भुक्तानी नगर्दा सेवाग्राही मारमा परेका छन् । यस विषयमा कर्मचारीले सरकारको ध्यानाकर्षण गराइसकेका छन् । तर सरकार भने कानमा तेल हालेर बसेको कर्मचारीहरु बताउँछन् ।

प्रदेश निजामती सेवा ऐनको पहिलो संशोधनबाट कर्मचारीको बृत्तिविकासका लागि बढुवाको ढोका बन्द भएको लगायतका विषयमा असन्तुष्टि जनाउँदै कोशी प्रदेशका लेखा समूहका कर्मचारीहरु आन्दोलित भएका हुन् । प्रदेशका १४ जिल्लामै कार्यरत २५० भन्दा बढी लेखा समूहका कर्मचारीहरु आन्दोलित भएका छन् । उनीहरुले गत बिहीबारदेखि हातमा कालोपट्टी बाँधेर पेनडाउन गरेका छन् ।

डिल्लीप्रसाद संजेलको अध्यक्षतामा रहेको कोशी प्रदेश लेखा समूहले प्रदेश निजामती सेवा ऐन २०७९ को पहिलो संशोधन २०८० को दफा ७ को उपदफा ४ बमोजिम दरबन्दी स्वीकृत गर्दा विभिन्न सेवामा आठौं तहमा कार्यरत कर्मचारी नवौं तहमा बढुवा हुन्का लागि सम्बिन्धत सेवाका कर्मचारीको संख्याको अनुपात र कार्यबोझ समेतलाई आधार मानी यो ऐन प्रारम्भ भएपछि व्यवस्थापन र सर्वेक्षण स्वीकृत गरी दरबन्दी स्वीकृत गरेर प्रदेश सरकारले सवै सेवाका नवौं तहमा पदपूर्ति गर्नेछ भन्ने व्यवस्था रहेकोमा प्रदेश लोकसेवा आयोगले नवौं तहको विभिन्न पदमा बढुवा तथा खुला पदमा विज्ञापन गरेपछि लेखा समूहमा कार्यरत कर्मचारीहरुको नवौं तहमा बढुवाको कुनै संभावना नदेखिएको बताएको छ ।