चितवन, झापा, कास्की र पाल्पामा भारी वर्षा, सावधानी अपनाउन चेतावनी जारी

चितवन, झापा, कास्की र पाल्पामा भारी वर्षा, सावधानी अपनाउन चेतावनी जारी



काठमाडौँ । पाल्पा, चितवन, झापा र कास्कीमा भारी वर्षा भइरहेकाे बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।

महाशाखाको बुधबार साढे ३ बजेको अध्यावधिक विवरणअनुसार पाल्पाको बल्ड्याङ्दी स्टेनसनमा गरिएको रेकर्ड अनुसार पछिल्लो १२ घण्टामा १२६.८ मिलिमिटर वर्षा भएको छ ।

यस्तै कल्याणपुर स्टेनमा १६०.६, चितवनको गोविन्द बस्ती र चर्चरे स्टेसनमा गरिएको रेकर्डअनुसार पछिल्लो १२ घण्टामा क्रमशः १५५.८ र १२४ मिलिमिटर वर्ष भएको छ ।

यस्तै झापाको चेकनामा १२६.४ र कास्कीको लामापाटनमा ६७.४ मिलिमिटर वर्षा भएको छ । ती स्थानमा सावधानी अपनाउन महाशाखाले चेतावनी जारी गरेकाे छ । अन्य स्थानमा भने खतराको लेबलभन्दा कम वर्ष भएको छ ।

यसैबिच सुनसरी जिल्लास्थित सुनसरी खोला जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तहभन्दा माथि रहेको भन्दै साँझसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।