नवलपरासी । हरियाली प्रवर्द्धनका साथै भूक्षय नियन्त्रण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)ले सर्वसाधारणलाई बिरुवा बाँड्न शुरु गरेको छ । वन कार्यालयले कावासोती र गैँडाकोट गरी दुई वटा नर्सरीमा उत्पादित २८ प्रजातिका एक लाख ६० हजारभन्दा धेरै बिरुवा निःशुल्क वितरण गर्ने जनाएको छ ।
नर्सरीमा हुर्काइएका बिरुवा वृक्षा रोपण गर्न निःशुल्क वितरण थालिएको डिभिजन वन कार्यालयका प्रमुख वसन्त केशव अधिकारीले बताए । उनले बाँस, तेजपात, हर्राे, बर्राे, धूपी, कपुर, शीतलचिनी, निम, रुख कटहर, अम्बा लगायतका बिरुवा वितरण गरिने जानकारी दिए ।
वन कार्यालयको नर्सरीबाट बिरुवा उपलब्ध गराउन थालिएसँगै अहिले बिरुवा लिन आउने बढेका छन् । लामो समयको खडेरीपश्चात् भर्खर मनसुन सक्रिय भएकाले अब बिरुवा रोप्दा जोगाउन सजिलो हुने भएपछि बिरुवा लिन आउने बढेका हुन् ।
प्रतिक्रिया