नेप्से परिसूचक ८.२४ अंकले घट्याे

नेप्से परिसूचक ८.२४ अंकले घट्याे



काठमाडौँ । शेयर बजार आज पनि घटेको छ । हिजो दोहोरो अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज ८ दशमलव २४ अंकले घटेर २ हजार ५१ दशमलव ९२ विन्दुमा झरेको छ ।

आज बैंकिङ, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर घटेकोमा बीमा, उत्पादन, फाइनान्स, माइक्रोफाइनान्स, व्यापार समूहको शेयर उच्च अंकले ओरालो लागेको छ ।

आज नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन त्रिशूली जलविद्युत् कम्पनीको शेयर भने ७ प्रतिशतले बढेको छ ।

आज ३ सय ३३ वटा कम्पनीका ८९ लाख कित्ता शेयर ३ अर्ब ७१ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल फाइनान्सको २२ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।