वडाध्यक्षद्वारा आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क मल वितरण

वडाध्यक्षद्वारा आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क मल वितरण



रामेछाप । रामेछाप नगरपालिका–७ सुकाजोरका वडाअध्यक्ष समिर कार्कीले आफूले पाउने सुविधाबाट किसानलाई निःशुल्क रासायनिक मल वितरण गरेका छन् । वडाध्यक्ष कार्कीले यस वर्ष नौ सय परिवारलाई सात सय २० बोरा मल वितरण गरेका हुन् ।

वडामा पर्याप्त मल नआउने र न्यून मात्रामा आएको मल सामानुपातिक रूपमा वितरण गर्न कठिनाइ हुने भएकाले आफूले पाउने सुविधाबाटै किसानलाई निःशुल्क मल वितरण गरेको वडाध्यक्ष कार्कीले बताए । वडाले १० रोपनीभन्दा बढी जग्गामा खेती गरिरहेका किसानलाई एक बोरा तथा त्योभन्दा कम जग्गामा खेती गरिरहेका किसानलाई आवश्यकताका आधारमा मल वितरण गर्ने नीति बनाएको उनले जानकारी दिए ।

वडाध्यक्ष कार्कीले गएको वर्ष पनि आफूले पाउने सेवा सुविधाबाट किसानलाई रासायनिक मल वितरण गरेका थिए ।