त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा.अर्याल

त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा.अर्याल



काठमाडौँ । त्रिभुवन विश्वविद्यालय,पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको रिक्त प्रमुखमा डा.कुन्दन अर्याल नियुक्त भएका छन् ।

त्रिवि कार्यकारी परिषद्को बिहीबार बसेको बैठकले डा.अर्याललाई चार वर्षको कार्यकालका लागि नियुक्त गरेको हो । पत्रकारिताको अध्यापन, अनुसन्धान र सम्पादनमा सक्रिय अर्यालले विभागको प्रमुख पदको आज नियुक्तिपत्र लिएको जानकारी दिए ।