पहिरोमा पुरिएर एकै परिवारका ४ को मृत्यु , १ जना बेपत्ता

पहिरोमा पुरिएर एकै परिवारका ४ को मृत्यु , १ जना बेपत्ता


ग्लोब नेपाल
135
Shares

गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर चार जनाको जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । जिल्लाको मालिका गाउँपालिका वडानम्बर–६ कडेल पाटामा भेषबहादुर बिकको घर पहिरोले पुर्दा एकै परिवारका चार जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

पहिरोमा पुरिएर भेषबहादुर बिक, बुहारी सिता बिक, नातिनी सपना बिक र बिना बिकको शव फेला परेको मालिका गाउँपालिका वडानम्बर–६ का वडाअध्यक्ष दिपक भण्डारीले बताए । पहिरोमा भेषबहादुरकी श्रीमती बेपत्ता भएको प्रहरीले जनाएको छ ।

उनको खोजीकार्य भइरहेको प्रमुख जिल्ला अधिकारी शर्माले बताए । घटनास्थलमा उद्धारका लागि प्रहरी, स्थानीय जनप्रनिधि र रेडक्रसको टोली घटनास्थलमा पुगेका छन् ।

गुल्मीमा गएराति अबिरल वर्षा भएको थियो । पहिरोले पुरेको बारे जानकारी आज बिहान मात्रै प्राप्त भएको थियो ।