रोल्पामा जीप दुर्घटना हुँदा ७ को मृत्यु, ८ जना घाइते

रोल्पामा जीप दुर्घटना हुँदा ७ को मृत्यु, ८ जना घाइते



काठमाडौं । रोल्पाको पश्चिम तालाबाङ परेवा छहरामा सोमबार भएको जीप दुर्घटनामा ७ जनाको मृत्यु भएको छ । त्यसैगरी चालकसहित ८ जना घाइते भएका छन् । दिउँसो ४ बजे लु १ ज ३२५२ नम्बरको जिप माडी गाउँपालिका(३ परेवा छहरा नजिकै सडकबाट करिब ४ सय मिटर तल खसेको थियो ।

सो घटनामा परेर ५ जनाको घटनास्थलमै र २ जनाको जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हाे । जीपमा कुल १५ जना यात्रु थिए ।

पानी परिरहेकाले सबै घाइतेलाई अस्पताल पुराउन सकिएको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार माडी गाउँपालिका २ घर्तिगाउँ बजारबाट तालावाङ जाँदै गरेको जिप दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकाहरुलाई उपचारका लागि भैरहवा रिफर गर्ने तयारी भइरहेको छ ।